Section 10
खतराजनक तरिकाबाट वायुयान उडाउनेलाई दण्ड सजाय ः
(१) जल, स्थल वा हवाई क्षेत्रमा रहेको कुनै व्यक्तिको जीउ ज्यान वा सम्पत्तिमा हानी नोक्सानी हुने किसिमले वा उडानमा रहेको वा नरहेको अन्य कुनै वायुयानलाई समेत बाधा पुग्ने वा हानी नोक्सानी पुग्न सक्ने किसिमबाट कसैले खतराजनक तरिकाबाट वायुयान उडाएमा निजलाई छ महिनासम्म कैद र पचास हजारदेखि एकलाख रूपैयासम्म जरिवाना हुनेछ ।
(२) उपदफा (१) बमोजिम खतराजनक तरिकाबाट वायुयान उडाएको कारणबाट दफा ९क. को उपदफा (३) को खण्ड (ङ) बमोजिम कसैको मुत्यु भएमा वा वायुयान ध्वस्त भएमा सोही खण्डमा लेखिए बमोजिमको सजायँ हुनेछ ।